भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत् स्वदेश फिर्ता

भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन्। उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन्।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो। 

काठमाडौंबाट बिहान ९ः०० बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको थियो।

अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ। त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन्।

 स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन्।
 

प्रकाशित मिति: : 2020-04-18 17:27:25

प्रतिकृया दिनुहोस्