इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लुइवेर्थ आगिलालाई अनुबन्धित गर्ने भएको छ । सिटीले पेरुका १६ वर्षीय डिफेन्डर आगिलालाई अलिएन्जा लिमाबाट ल्याउने भएको हो ।
आगिला १८ वर्ष लाग्ने बेलासम्म वर्तमान क्लबमै रहने छन् । सन् २०२१ को मे मा उनी १८ वर्षको लागेपछि सिटी आउने छन् ।
पेरुले उनलाई १७ वर्षमुनिको दक्षिण अमेरिकी च्याम्पियनसिपतका लागि सन् २०१९ को सुरुमै छनोट गरेको थियो । त्यो बेला उनी मात्रै १५ वर्षका थिए ।
आगिलाको वर्तमान क्लबले उनको अनुबन्ध पछिल्ला वर्षमा पेरुबाट इंग्लिस फुटबल क्लबमा भएको सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।
उनले गएको नोभेम्बरमा टिम डेब्यु गरेका थिए ।