धक खोलेर हाँस्नु : एक ओखती

अनलाइनखबर

काठमाडौँ

तपाईं आफैँले अनुभव गर्ने कुरा हो कि, धक खोलेर हाँस्दा तपाईंमा के कस्ता परिवर्तन पाउनुहुन्छ ? मन चंगा हुन्छ । फुरुंग हुन्छ । ज्यान हल्का भएको अनुभव हुन्छ । अंग्रेजीमा एउटा भनाइ छ, ‘लाफ्टर इज द बेस्ट मेडिसिन ।’ 

जब हामी मस्तसँग हाँस्छौँ, शरीर आफैँ लाभान्वित हुन्छ । जस्तो कि यसले हाम्रो मनलाई खुसी तुल्याउनेदेखि फोक्सोको व्यायाम हुनेसम्मको काम गर्छ । त्यसैले त भनिन्छ, जसले हाँस्न जानेको, उसैले बाँच्न जानेको छ ।

हाँस्नु एक मानवीय स्वभाव हो । यसलाई हामीले कतै खरिद गर्नु पर्दैन, सापटी लिनु पर्दैन । हामी आफैँभित्रबाट स्वतस्फूर्त प्रकट हुन्छ । तर, दुःखलाग्दो कुरा के छ भने हामी हाँस्नमा निकै कन्जुस गर्छौँ ।

कसैले ठट्टा गरेमा वा कुनै हाँस उठ्दो प्रसंग सुनाएमा हाँस्छौँ । त्यस्तै दृश्य देखेमा, पढेमा हाँस्छौँ। वा परिस्थिति नै हाँस्ने भएमा मात्र हाम्रो ओठबाट हाँसो फुत्किन्छ । अरुबेला हामी गम्भीर मुद्रामा बस्छौँ । हाँस्दैनौँ ।

प्रकाशित मिति: : 2020-04-20 09:58:37

प्रतिकृया दिनुहोस्