इटालीको एक व्यवसायिक फुटबल क्लबले ६ वर्षका बच्चाले डिजाइन गरेको जर्सी प्रयोगमा ल्याउने भएको छ ।
पेस्कारार क्लबले ६ वर्षका लुइजी डी’गोस्तिनोले डिजाइन गरेको जर्सी आफ्नो क्लबको औपचारिक जर्सी बनाउने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा घर भित्रै सीमित भएका बालबालिकालाई रमाइलो होस् भनेर क्लबले सो डिजाइन प्रतिस्पर्धा आयोजना गरेको थियो । प्रतियोगिताको नारा ‘गिभ अ किक टू कोभिड–१९’ थियो।
लुइजीले डल्फिनसहितको डिजाइन बनाएका हुन् । इटालियन सिरी बी क्लब पेस्काराले आउँदो सिजन सो जर्सी प्रयोग गर्ने भएको हो ।
पेस्काराले हाल सेतोमा निलो लाइन युक्त जर्सी लगाउने गर्छ।
पेस्कारा काचुक्लबले इटालियन शीर्ष लिग सिरी ए मा खेलेको छ। अहिलेसम्म उसले सात सिजन सिरी ए मा सहभागिता जनाएको छ ।