कोरोनाले चुनौती थपेपनि १५औं आवधिक योजना परिमार्जन नहुने

अनलाइनखबर

काठमाडौँ

अच्युत पुरी

आय वृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिम न्यूनीकरण गर्दै २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल देशमा स्तरोन्नती गर्ने लक्ष्यसहित सरकारले १५ औं योजना कार्यान्वयन थालेको छ ।

१५ औं पञ्चवर्षीय योजनाको आधार वर्ष हो, चालु आर्थिक वर्ष २०७६/०७७ । यसमै टेकेर वर्तमान सरकारले चुनावमा प्रतिवद्धता व्यक्त गरेका धेरै वाचा पुरा गर्नुपर्नेछ । सरकारले १५ औं योजनाको अन्त्य (आव २०८१/०८१) सम्म १०.३ प्रतिशतको आर्थिक वृद्धिदर, कूल प्रतिव्यक्ति राष्ट्रिय आय १५९५ अमेरिकी डलर, निरपेक्ष गरिबी ११ प्रतिशतमा झार्नेजस्ता महत्वकांक्षी लक्ष्य तोकेको छ ।

प्रकाशित मिति: : 2020-04-23 18:37:17

प्रतिकृया दिनुहोस्