ओस्कारमा पर्ने चलचित्रकाे मनोनयन नियममा परिवर्तन

ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ। कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको हो।

अध्यक्ष डेविड रुबिन तथा सिइओ डन ह्यूड्सनले मंगलबार वक्तव्य जारी गरेर कोरोना भाइरसको महामारीका कारण नियम परिवर्तन गर्न बाध्य भएको उल्लेख गरेका हुन्। तर यो परिवर्तन अस्थायी रहेको उनीहरुले स्पष्ट पारेका छन्।

ओस्कार अवार्ड आयोजक संस्थाको हालको नियम अनुसार कुनै अवार्डमा मनोनयनमा पर्नका लागि कुनै पनि चलचित्र लस एन्जलसको चलचित्र घरमा कम्तिमा एक हप्ता प्रदर्शन भएको हुनु पर्छ। तर अब स्ट्रिमिङ्ग प्लाट्फर्ममा मात्रै रिलिज भएका चलचित्र पनि मनोनयनमा समावेश हुन पाउने छन्।

कोरोनाको संक्रमणका कारण अधिकांश चलचित्रको छायाँकन तथा प्रदर्शन रोकिएको छ। संक्रमणका कारण प्रदर्शन रोकिनेमा जेम्स बण्डको नयाँ चलचित्र पनि हो।

प्रकाशित मिति: : 2020-04-29 08:39:22

प्रतिकृया दिनुहोस्