एकल महिला समूहले विपन्न परिवारलाई दैनिक खाना बाढ्दै (भिडियो)

मानव अधिकारको लागि महिला, एकल महिला समूहले कोरोना भाइरस महामारीको कारण दैनिक गुजारा गर्न नसकेका अति–विपन्न्र वर्गका ब्यक्तिलाई हरेक दिन बेलुका साँझ ४ बजेदेखि खाना बाँड्दै आएको छ।

कतिपयको घरमा चुलो बल्न नसकेको अवस्थालाई मध्यनजर गर्दै समूहकी संस्थापक अध्यक्ष लिली थापाको नेतृत्वमा बुढानिलकण्ठ नगरपालिका र सम्बन्धीत वडाको समन्वयमा वैशाख ४ गते देखि लकडाउन अवधिभर खाना बाढ्ने भएको छ।

संस्थाले लकडाउन अवधिमा महिला तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाको सन्दर्भमा उनीहरूलाई कानूनी तथा मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइरहेको छ।

खाद्य जोमिखमा परेका महिलालाई सम्बन्धीत निकायसँग समन्वय तथा सहजीकरण गरि खाद्य शुनिश्चिततारको लागि काम गर्दै आएको छ।

वि.स. २०५२ सालमा स्थापित भई एकल (विधवा) महिलाका हक अधिकार तथा सशक्तिकरणका लागि वकालत गर्ने गैर सरकारी सामाजिक संस्था हो।

संस्थाले स्थापनाकाल देखिनै एकल महिला शसक्तिकरण र सामाजिक न्यायका लागि कार्य गर्दै आईरहेको छ।

प्रकाशित मिति: : 2020-04-30 08:10:00

प्रतिकृया दिनुहोस्