स्विट्जरल्याण्डको जनजीवन सामान्य हुने क्रममाः रेष्टुरेन्ट खुल्दै

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

कोरोना भाइरसको कारण लकडाउनमा बन्दाबन्दी रहेको स्विट्जरल्याण्डको जनजीवन सामान्य बन्दै जान थालेको घोषणा प्रधानमन्त्री सिमोनेता सोमारुगाले गरेकी छिन्। डेढ साताअघि तीन चरणमा लकडाउन खुकुलो गराउने घोषणा भए पनि साना व्यवसायी र मध्य तथा दक्षिणपन्थी दलको दबाबका कारण सरकारले मे ११ देखि नै उच्च स्वास्थ्य सुरक्षाका साथ रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको खबर सार्वजानिक भएकाे थियाे। 

बुधबार केन्द्रीय सरकारका मन्त्री आलिया बेर्सेलले भने, ‘सरकारको आव्हानलाई सबैले पालना गरेकै कारण हामी जनजीवन सामान्य बनाउन सक्ने निर्णयमा पुगेका छौँ।’

मे ११ देखि रेष्टुरेन्ट खुल्ने निर्णय गरिए पनि एउटा टेबुलमा चार जना बस्नुपर्ने, दुई मिटरको दूरीमा बसेको हुनुपर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाइएको हुनुपर्ने जस्ता नियम सरकारले ल्याएकाे छ। यसको उचित कार्यान्वयनको अधिकार सम्बन्धित प्रान्तीय सरकारलाई दिइएको उनले बताए। 

प्राइमरी र तल्लो सेकेन्डरी स्कूल पनि छिटै संचालन गर्ने सरकारी योजना रहेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डानियल कोचले बताए। प्रान्तीय सरकारको समन्वयमा स्कुल खोलिए पनि ठूला जमघटका कार्यक्रम भने तत्काल नहुने उनको भनाई थियो। 

फ्रान्स र इटालीको महामारीको छेवैमा रहेर पनि स्विट्जरल्याण्डमा लकडाउन प्रभावकारी हुँदा धेरै असर परेन। हालसम्म २९ हजार ४ सय ७ जना संक्रमित भएकोमा १ हजार ७ सय १६ जनाको ज्यान गएकाे छ। २३ हजार १ सय जना निको भएर घर फर्किसकेका छन्।

घर पुग्ने तनावले महाकालीमा हाम फाले भारतीय क्याम्पका नेपाली (भिडियाे)

रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपुर

नेपालका असल शुभेच्छुक थिए, इरफान खान

डेढ महिनापछि खुल्यो बैतडी र दार्चुला नाका(फाेटाे फिचर)

प्रकाशित मिति: : 2020-04-30 11:02:49

प्रतिकृया दिनुहोस्