रहेनन् बलिउडका चर्चित अभिनेता ऋषि कपुर

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित उनको मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।

६७ बर्षिय अभिनेता कपुरलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। उनको सोही अस्पतालमा  बिहीबार निधन भएको पारिवारिक स्रोतले बताएका छन्। 

उनी क्यान्सरबाट पीडित थिए। भाई रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। 


ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए। उनको स्वास्थ्यमा समस्या देखिदा गत फेब्रुअरीमा पनि अस्पताल भर्ना भएका थिए। बुधबार प्रभावशाली अभिनेता इरफान खान क्यान्सरका कारण निधन भएकाे अवस्थामा ऋषिकाे निधन बलिउडका लागि ठूलाे घाटा मानिएकाे छ।
 

प्रकाशित मिति: : 2020-04-30 10:05:27

प्रतिकृया दिनुहोस्