दुई तिहाई बहुमतको सरकार दुई कौडीको काम छैनः महतो (भिडियो)

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाई बहुमतको सरकार दुई कौडीको पनि काम नभएको दाबी गरेको छन्।

संघीय संसदको शुक्रबारदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो दिन तत्कालिन राष्ट्रिय जनता पार्टीका नेताको तर्फबाट शुभकामना सन्देश दिने क्रममा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमणको त्रासमा रहेका जनताको स्वास्थ्य सुरक्षा गर्न असफल भएको भन्दै यस्तो आरोप लगाएका हुन्।

सत्ताको नेतृत्व लिने क्रममा सरकारले देश र जनतालाई सरप्राइज दिने भनि दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै महतोले सरकारले सरप्राइजका नाममा आफुहरुको दल विभाजन गराउन राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपनि आफूहरुले पनि रातारात समाजवादी पार्टीसँग एकता गरेर सरप्राइज दिएको दाबी गरे।

साथै उनले सत्तारुढ दलका उपनेता सुवासचन्द्र नेम्बाङले सरकारले समयमै कदम चालेको कारण कोरोना संक्रमितको संख्या १ सय १ जनामा सिमित रहेको भनाइप्रति प्रश्न गर्दै महतोले कोरोना संक्रमणको परिक्षण नै नगरेपछि संख्या कम भएको भन्ने दाबीको खिल्ली उडाए।

प्रकाशित मिति: : 2020-05-08 17:36:14

प्रतिकृया दिनुहोस्