उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप

एजेन्सी

मुम्बई

सिक्किममा चीन र भारतीय सैनिकबीच झडप भएकाे छ। भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको हाे।

उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो। यो इलाका ५ हजार मिटर उचाईमा छ। झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ। झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए।

सेनाको स्रोतलाई उद्धृत गर्दै भास्करले लेखेकाे छ– दुई देशका सैनिक यतिबेला निकै आक्रामक देखिएका थिए। यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको थियाे।

भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आए पनि यसपटकको झगडा निकै लामो समयपछि भएको समाचारमा उल्लेख छ। सन् २०१७ मा डाेकलामकाे मुद्धामा दुई देशका सैनिक भिडेका थिए। यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको भारतीय अधिकारीले बताएका छन्।
 

प्रकाशित मिति: : 2020-05-10 13:25:48

प्रतिकृया दिनुहोस्