भारतको हेपाहा प्रवृत्तिविरूद्ध उर्लाबारीमा नेविसंघ र तरूण दलको विरोध प्रदर्शन

तेजन खड्का

उर्लाबारी

नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल उर्लाबारी नगरसमितिले विरोध प्रदर्शन गरेको छ।

सोमबार उर्लाबारी नगर परिक्रममा गर्दै भारतको हेपाहा प्रवृतिको विरोध जनाएका हुन्। जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भूमि फिर्ता गरलगायतका नारा लगाएका थिए।

कोणसभामा तरुण दलका उर्लाबारी सभापति रोहित कार्कीले नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपाली भूमि फिर्ता गर्नु पर्ने धारणा राखे।

त्यस्तै, विद्यार्थी नेता सुजित जैसवालले भारतले बर्षेनी सीमा अतिक्रमण गरी हेपाहा प्रवृति देखाएकाले सशक्त तरिकाले अघि बढ्न आवश्यक रहेको बताए। उनले सरकारले गम्भीर ढंगबाट वार्ता गरी नेपालको भूमि फिर्ता ल्याउनु पर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2020-05-11 21:00:07

प्रतिकृया दिनुहोस्