‘मेरो सरकार’ का लक्ष्य कति पूरा कति अधुरा ?

अनलाइनखबर

काठमाडौँ

चिरञ्जीवी पौडेल

 कोरोनाको कहरले देशको अर्थतन्त्रमा कालो बादल मडारिएका बेला सरकार आगामी वर्षको बजेट तथा नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । इतिहासकै चुनौतिपूर्ण घडीमा रहेको सरकारले ल्याउने यी दुई दस्तावेजले देश र जनताको भाग्य फैसला गर्न सक्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ २ गते) नीति तथा कार्यक्रम वाचन गर्ने तय भइसकेको छ । राष्ट्रपतिले पढ्ने भए पनि यो नीति तथा कार्यक्रम सरकारी निकायहरुले तयार गर्ने हो । खासगरी प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना लगायतको भूमिका यसमा महत्वपूर्ण हुन्छ । यही नीति तथा कार्यक्रमकै जगमा टेकेर बजेट तयार गरिन्छ ।

प्रकाशित मिति: : 2020-05-13 08:31:03

प्रतिकृया दिनुहोस्