हामीले धेरै कुरा गर्न सक्छौं, चीनसँग सबै सम्बन्ध तोड्न सक्छौं: ट्रम्प

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग सम्बन्ध तोड्ने धम्की दिएका छन्।

फक्स बिजेनससँगको कुराकानीमा गर्दै उनले उक्त धम्की दिएका हुन्। उनले भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं।’

अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ। तर चीनले लगातार यो आरोप अस्विकार गर्दै आएको छ।

ट्रम्पकोे चीन–विरोधी बयानलाई मानिसहरुले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको रणनीतिको रुपमा हेरिरहेका छन्।

ट्रम्पले यदी सबै सम्बन्ध तोडे ५ सय अर्ब डलर बच्ने बताए।

ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ रहेकाे छ।

अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ।

प्रकाशित मिति: : 2020-05-15 07:51:39

प्रतिकृया दिनुहोस्