मनोविदको सुझाव- इन्टरनेटको लत रक्सीको नशाभन्दा खतरा (अडियो कुराकानी)

बालबालिको व्यक्तित्वमै प्रभाव पार्न सक्छ

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण जारी लकडाउनबाट संसारका अधिकांश मानिस घरभित्रै थुनिएका छन्।

शहरी क्षेत्रमा घरभित्रै बन्द रहेका मानिसले मन बहलाउन इन्टरनेटको उच्च प्रयोग गरिरहेका छन्। पछिल्लो समय नेपालमा पनि इन्टरनेटको पहुँच तिब्र रूपमा फैलिएको छ। सोही बमोजिम अधिकांश मानिस इन्टरनेटमै समय बिताइरहेका छन्।

बालबालिकादेखि वृद्ध-वृद्धासम्म, सामान्य साक्षरदेखि बुद्धिजिवी जो कोहीले इन्टरनेटमै समय बिताइरहेका छन्। तर यसरी अधिकांश समय इन्टरनेटमा बिताउँदा मानसिक समस्या देखिनसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

अहिले मानिसहरू फुर्सदिला छन्। खासै काम छैन। इन्टरनेटको पहुँचमा भएका अधिकांश मानिसको समय बिताउने प्रमुख माध्यमनैं इन्टरनेट बनेको छ।

के यसलाई हामीले सही रूपमा सदुपयोग गरिरहेका छौ त? आधिकारिक समाचार स्रोतको ख्याल नगरी इन्टरनेटमा भेटिने सबैखाले सूचनाको विश्वासले मानिसलाई भ्रममा पारिरहेको हुन्छ। बिहान उठेदेखि रातिसम्म त्यसैमा समय बितायौं भने हाम्रो दिमागमा त्यसको बानी पर्छ।

मानिसहरुलाई नकारात्मक दिशातिर धकेलिरहेको हुन्छ। कोरोनासँग सम्बन्धित समाचार र सूचनाले जति बढी हेर्‍यौं त्यति धेरै डर जन्माउँछ। यसले ‘एन्जाइटी’ बढाइदिन्छ। जति धेरै नकारात्मक समाचार हेर्‍यो त्यति धेरै त्यही विषय दिमागमा आउने गर्छ।

बढ्दो बेरोजगारीसँगै इन्टरनेटको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा के कस्ता असर देखिन सक्छन्? भन्ने विषयमा बिएल नेपाली सेवाका लागि मनिषा अवस्थीले मनोविद गोपाल ढकालसँग कुराकानी गरेकी छन्।हेर्नुहोस् कुराकानीको सार संक्षेप (अडियो कुराकानीसहित)

अहिले तपाईहरकोमा कस्ता खालमा समस्याहरु आउने गर्छन्?

धेरैले समाचार सुन्ने बित्तिकै धेरै डर लाग्ने गरेको भनेर फोन गर्छन्। खासगरी ‘मृत्य’ भन्ने शब्द सुन्ने बित्तिकै कतिपयलाई त्यस्तो समस्या देखिन्छ। बालबालिकाहरू झर्किने, खान खान नमान्ने, राति झस्किने गरेको समस्या देखिएको छ।

युवामा अर्को एउटा गम्भीर समस्या इन्टरनेटको लत बसेको छ। मानिसको निन्द्रा पनि गडबढ गराएको छ। मानिसलाई भोलि बिहान काम गर्नु छैन भनेर राति अबेरसम्म मोबाइल चलाउँदा निन्द्राको बानी बिग्रिएको छ। महिलाहरुमा एन्जाइटीको समस्या बढी देखिएको छ। अर्को मानिसहरुमा कोरोना सर्यो कि भन्ने डर धेरै बढेको छ। यसैगरी अर्को कडा खालको मानसिक समस्या पनि देखा परेको छ।

अहिले सामाजिक सञ्जालले कुन उमेर समहका मानिसमा बढी असर देखिनसक्छ?

सामाजिक सञ्जाल, खासगरी युट्यूव, टिकटक लगायतको लत बालबालिकामा परेको देखिन्छ। उनीहरूले जे छ त्यहीँ बुझ्छन्। उनीहरूले कुनै पनि विषयको विश्लेषण गर्न सक्दैनन्। समयको ख्याल पनि गर्दैनन्।

बालबालिकाको काम पनि त्यती धेरै हुँदैन। ठूलो मान्छेको त घरायसी काम हुन्छ। उनीहरूले ‘ल हेर न त’ भनेर मोबाइल, ल्यापटप दिँदा उनीहरू जे पनि हेर्ने र जति समयसम्म पनि हेर्ने गर्छन्। यसले बालबालिकामा नकारात्मक असर देखापरिरहेको छ। युवाले पनि जथाभावी ‘पोर्न’ साइट हेर्दा यौन हिंसासमेत बढेको अनुमान गरिन्छ। यसको असर तत्कालै नदेखिए पनि एक वर्ष दुई वर्ष पछि पनि मानसिक समस्या देखिनसक्छ।

यति बेला लामो समयसम्म सामाजिक सञ्जालमा बिताउँदा लकडाउन खुलेपछि नियमित दैनिकीमा जान कतिको अप्ठ्यारो पर्ला?

इन्टनेटको लत रक्सी, ड्रक्सकोभन्दा कडा खालको हो। यसलाई सजिलोसँग छुटाउन सकिदैन। पछि गएर यसले हाम्रो दैनिक जीवनलाई नै अस्तव्यस्त बनाउन सक्छ। अनिन्द्राको समस्या पनि क्रोनिक हुनसक्छ। यसले डिप्रेसन ल्याउन सक्छ।

अर्को, अहिले निरन्तर पढेका-देखेका वा सुनेका नकारात्मक समाचारले मानसिक आघात पर्नसक्छ। यो आघात लामो समयपछि पनि देखिनसक्छ। यसलाई हामी ट्रमा भन्छौं। यो भनेको धेरै पहिला भएको कुनै घटनाको छाप दिमागमा रहिरहन्छ। जसको प्रभावले धेरैपछि मानसिक असन्तुलन देखिनसक्छ। यसले बालबालिको व्यक्तित्वमै प्रभाव पार्नसक्छ।

यो पनि हेर्नुहोस्
१.
 राजा महेन्द्रले कालापानीबारे चीनसँग २०१८ सालमै पाँच बुँदे सम्झौता गरेका थिए : राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी (भिडियाे) 
२. जुद्धसमशेरपछि विपत्‌हरूमा वैदेशिक सहयोग खोज्दा राहत पीडितकहाँ नपुग्ने र दुरुपयोग हुने गरेको अनुभव छ : हिमालय समशेर राणा (भिडियाे)
३. नेपालको नयाँ नक्सा जारी, ‘प्रधानमन्त्री ओलीको सिंह चढेर सवारी ?’
प्रकाशित मिति: : 2020-05-22 07:14:00

प्रतिकृया दिनुहोस्