आगलागीमा परेर सिन्धुपाल्चाेकमा वृद्ध दम्पती घाइते

दीप सुवेदी

सिन्धुपाल्चाेक

त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीमा आगलागीमा परेर वृद्ध दम्पती घाइते भएका छन्। 

शुक्रबार राति लागेको आगलागीले स्थानीय ८२ वर्षीया कर्णबहादुर र उनकी श्रीमती ८१ वर्षीया हिरामाया कुल्सुले गम्भीर घाइते भएका हुन्।

स्वास्थ्यकर्मीका अनुसार दम्पत्तीको शरीरको ढाड, निधार, टाउको ,पेटको विभिन्न भागमा डढेर गहिरो घाउ भएका छन्। राति १२ बजे अचनाक  घर डढेको देखिएपछि गाउँहरुले उद्दारको लागि प्रहरीलाई सम्पर्क गरेका थिए।

त्यसलगत्तै स्थानीयले वृद्ध दम्पत्तीलाई उद्धार गरेका थिए। छोराछारी सबै काठमाडौं बस्ने हुनाले वृद्ध दम्पत्ती मात्रै घरमा बस्दै आएका थिए।
 
राति १२ बजे सुरु भएको आगो साढे १ बजे मात्रै नियन्त्रणमा आएको थियो। घरमा आगो ननिभाइ राखेको कारण आगो सल्किएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ।

बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानका अनुसार स्वास्थ्य चौकीको सामान्य उपचारपछि थप उपचारको लागि वृद्ध दम्पत्तीलाई काठमाडौं लैजाने तयारी भइरहेको छ।

‘आगलागीबारे पूरा विवरण लिँदै छौं, घाइते दुवैलाई अरु उपचारको लागि स्वास्थ्यकर्मीसँग सल्लाह लिएका छौं,’उनले भने। 

प्रकाशित मिति: : 2020-05-23 14:23:55

प्रतिकृया दिनुहोस्