फर्केर आऊ न !

आँखाका आँसु पुछेर हेरेँ दुनियाँ कस्तो छ। 
तिमीले साथ छोडेर गयौ, जिन्दगी सस्तो छ।

तस्विर तिम्रो हेरेर रुन्छु, हातमा राखेर। 
कहिले हाँस्छु पागलसरि एकली भएर

बोल्दैन तिम्रो तस्विर पनि, मलाई हेरेर। 
फर्कन्छु सधैँ हाँस्दै र रुँदै, निराशा बोकेर

बितेका दिन सम्झेर फेरि,कल्पना गर्छु म। 
फर्केर तिमी आउँछौ भनी, भावना भर्छु म
 
चाहन्छु तिम्रो मुहार हेर्न,फर्केर आऊ न!
मायाँको चिनो छ हाम्रो हेर्न, सम्झेर आऊ न!

प्रकाशित मिति: : 2020-05-23 17:19:08

प्रतिकृया दिनुहोस्