तनाव हटाउने सरल सूत्र

अनलाइनखबर

काठमाडौँ

रक्षा गिरी

तनाव किन हुन्छ ? तनावले के गर्छ ? यसको सही व्यवस्थापन के हुनसक्छ ? अहिलेको सन्दर्भमा गंभिरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो । किनभने अहिले जसरी परिस्थिती जटिल बन्दै गएको छ, त्यसले तनाव पैदा गर्ने जोखिम प्रशस्तै छन् । तनावलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यो मनो विकारको रुपमा रहन्छ र शारीरिक एवं मानसिक समस्या निम्त्याउँछ । जस्तो कि डिप्रेसन, एन्जाइटीदेखि उच्च रक्तचापसम्म ।

तर वाहिरी कुराले मात्र तनाव उत्पन्न गर्दैन । जस्तो कि अरुको व्यवहार, परिस्थिती आदिले मात्र तनाव पैदा गर्दैन । तनाव हाम्रो आन्तरिक कारणले पनि हुन्छ । आन्तरिक कारक तत्वहरु मध्ये जीवनशैली, काम गर्ने तरिका, खानपान, बढी सोच्ने, बढी विश्लेषण गर्ने, आत्म आलोचना धेरै गर्ने, निराशावादी सोचाई राख्ने, हरेक कुरामा पूर्णता खोज्ने, कडा सोचाइ राख्ने र हकेक अरुका कुराहरुलाई आफुसँग तुलना गर्ने जस्ता कुराहरु पर्दछ ।

प्रकाशित मिति: : 2020-05-24 08:17:39

प्रतिकृया दिनुहोस्