सामर्थ्यअनुसारको बजेट बनाऔं

रामेश्वर खनाल

आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट निर्माणमा जुटिरहेको सरकारले ल्याएको नीति तथा कार्यक्रम ज्यादै लामो, दीर्घकालीन महत्व राख्ने र महत्वाकांक्षी छ। सरकारले कुन मानसिकता र उद्देश्यले ल्यायो बुझ्न सकेका छैनौं। नेपालमा कोभिड—१९ को संकट नै नभएको, सामान्य अवस्था भएजसरी कार्यक्रम ल्याइयो। यो हेर्दा सरकारसँग प्रयाप्त स्रोत छ भन्ने आसय देखिन्छ। कोभिडले सबै क्षेत्रमा असर पारेको छ। सरकारले नीति तथा कार्यक्रममार्फत लोकप्रियता खोज्ने प्रयास गर्नु ठीकै होला तर अब आउने बजेट व्यावहारिक, यथार्थपरक र कार्यान्वयनमुखी हुनुपर्छ। अर्थमन्त्री हाम्रो क्षमता, स्रोत, आवश्यकताको बारेमा जानकार हुनुहुन्छ। सामथ्र्यअनुसारको बजेट ल्याउनुपर्छ।

अहिले आगीिम आवका लागि बजेट बनाउँदै गर्दा सरकारले लिएका दीर्घकालीन लक्ष्य, उद्देश्यलाई थाती राख्नुपर्ने अवस्था छ। कोभिडको असरबाट नागरिकको स्वास्थ्य रक्षा गर्नुपर्नेछ। यसको असरबाट सबै क्षेत्रलाई बचाउने र समस्या सम्बोधन गर्ने गरी बजेट आएन भने दीर्घकालीन लक्ष्य पूरा गर्न कठिन हुन्छ। स्वास्थ्य, रोजगार, कृषि, विपन्न तथा रोजगार गुमाएकालाई आर्थिक प्रोत्साहन, उद्योगी, व्यवसायीको उत्थानका लागि ब्याज तथा ऋणमा सहुलियत, ग्रामीण पूर्वाधार निर्माणलाई बजेटमा प्राथमिकता दिनुपर्छ। शिक्षा र सूचना प्रविधिमा लगानी गरेर प्रत्येक गाउँपालिकाको विद्यालय तहसम्म इन्टरनेटको पहुँच पु¥याउनुपर्छ। यी कार्यक्रम गर्नका लागि बजेटको आकार तय गर्नुपर्छ। 

प्रकाशित मिति: : 2020-05-25 07:58:52

प्रतिकृया दिनुहोस्