अमेरिकामा भन्दा ब्राजिलमा दैनिक मृत्यु धेरै, सोमबार मात्रै काेभिड–१९ बाट ८०७ ले ज्यान गुमाए

बिएल संवाददाता

काठमाडाै‌ं

दक्षिण अमेरिकी देश ब्राजिलमा विश्वमै सबैभन्दा धेरै काेराेना भाइरसकाे संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा उक्लिएको छ।  

ब्राजिल अमेरिका सबैभन्दा बढी प्रभावित देश हो। सोमबार ब्राजिलमा ८०७ जनाको मृत्यु भएको छ। यता अमेरिकामा कोभिड–१९ बाट ६२० जनाको ज्यान गएको छ।  ब्राजिलमा दैनिक मृत्यु अमेरिकामा भन्दा धेरै भएको यो पहिलो पटक हो।

ब्राजिलमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ७४ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। यस्तै त्यहाँ कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २३ हजार ४७३ पुगेको छ।

पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर कम हुँदै गएको अमेरिकामा अहिलेसम्म १६ लाख ६२ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ९८ हजार २२० जनाको ज्यान गइसकेको छ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिएका छैनन्। उनले संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु गरेका छैनन् देशभर, यस्तो गर्दा अर्थतन्त्रमा असर पर्ने उनको भनाई छ। 

उनले कोरोना भाइरसको महामारी फैलिनुमा प्रान्तका गभर्नरहरु तथा शहरका मेयरहरु रहेको भन्दै आफू पन्छिन खोजेका छन्।

विश्वभर हालसम्म झण्डै ५५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिलेसम्म ५४ लाख ९५ हजार मानिसमा संक्रमण पुष्टि भएको छ। यस्तै ज्यान गुमाउनेको संख्या तीन लाख ४६ हजार भन्दा बढी पुगेको छ।
 

प्रकाशित मिति: : 2020-05-26 10:13:31

प्रतिकृया दिनुहोस्