४० प्रतिशत नेपालीको स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ

आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले  आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो। यसका लागि बजेट मार्फत ६ अर्ब रुपैयाँ विनियोजन भएको छ।

प्रकाशित मिति: : 2020-05-28 16:31:00

प्रतिकृया दिनुहोस्