विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन

अर्थ मन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरेको बताएका छन्।

सरकारले करिब २५ हजार नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । सरकारले बजेटमार्फत रकम विनियोजन गरेको हो । 

सरकारअन्तर्गतको कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)ले  स्वदेश फर्कने नेपालीहरुलाई राख्ने क्वारेन्टाइन लगायतका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिबेदन बुझाइसकेको छ ।

बिहिबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट  प्रस्तुत गर्दै मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन्।

वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुटदिने व्यवस्था गरेको बताएका छन्।

यस्तै सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले व्यहोर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि नेपाल सरकारले व्यहोर्ने मन्त्री खतिवडाले जानकारी गराए।

घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीका लागि ५० अर्ब सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा भएको छ।

बेरोजगार रहेका, कोरोनका कारण काम गुमाएका र विदेशबाट फर्किएकाहरुलाई विकास निर्माणको क्षेत्रमा रोजगारी उपलब्ध गराइने

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप दुई लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड बजेट विनियोजन ।

 

प्रकाशित मिति: : 2020-05-28 16:38:46

प्रतिकृया दिनुहोस्