सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड

सरकारले बृद्ध, अपाङ्गलगायतका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरताका लागि बजेट छुट्टाएको छ।

बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताएका हुन्।

मन्त्री खतिवडाले दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी र ब्रेल लिपि निःशुल्क उपलब्ध गराउने बताएका हुन्।

प्रकाशित मिति: : 2020-05-28 16:46:12

प्रतिकृया दिनुहोस्