काठमाडौंको मित्रनगरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार बझाङका २५ वर्षीय धनबहादुर बुढा र २२ वर्षीय लोकेन्द्र विष्ट रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बुढाको ट्रमा सेन्टर र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मिनिट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2020-05-29 09:10:39

प्रतिकृया दिनुहोस्