तुलसीपुरमा एक युवक मृत फेला, हत्यामा भएको आशंकामा ८ जना पक्राउ

दाङको तुलसीपुरमा एक युवक मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा डेरा गरी बस्ने २९ वर्षीय मन्दिप भुजेलको शव शनिबार बिहान फेला परेको हो।

उनी टाउकोमा गहिरो चोट रहेको अवस्थामा तुलसीपुर ५ बसपार्क संगित नगर टोलमा मृत भेटिएको दाङका प्रहरी प्रवक्ता सुमति खड्काले जानकारी दिए।

भुजेल शुक्रबार बेलुका ७ बजेतिर डेराबाट निस्केका थिए। उनी तुलसीपुरको अटो ग्यारेजमा काम गर्ने कामदार रहेको डिएसपी खड्काले बताए।

भुजेलको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: : 2020-05-30 16:02:39

प्रतिकृया दिनुहोस्