कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उक्त प्रस्ताव पेश भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’,शमाले ट्वीटमार्फत उक्त जानकारी दिएका हुन्।

संसद बैठक आइतबार बिहान ११ बजे बस्ने छ। सो बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यतालिका छ। तर सोही बैठकमार्फत संविधान संशोधन विधेयक पेश हुने सम्भावना पनि रहेको छ।

प्रकाशित मिति: : 2020-05-30 18:57:45

प्रतिकृया दिनुहोस्