कर्णालीमा थप १९ संक्रमित, १७ कालिकोटका

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना संक्रमण देखिएको छ। अन्य दुई दैलेख र बाजुराका छन्। 

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ। 

यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ। भारतबाट आएका उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि जुम्ला ल्याइएको थियो। त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन्।

शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ। 

दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए।

प्रकाशित मिति: : 2020-05-30 20:56:20

प्रतिकृया दिनुहोस्