लोकसेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट बुझाउनु पर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षामा सहभागी हुन उम्मेदवारहरूले अनिवार्य रूपमा कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट बुझाउनु पर्ने भएको छ।

आफ्नो परीक्षामा सहभागी हुन आउने उम्मेदवारहरूलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रूपमा पेस गर्न आयोगले मंगलबार सूचना जारी गरेको हो।

‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पीसीआर परीक्षण गराई त्यसको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउनु पर्नेछ,’ आयोगको सूचनामा छ।

आयोगको सोमबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को बाँकी परीक्षा लिने निर्णय गरेको छ। आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिने कार्यक्रम सार्वजनिक गरेको छ।

यस्तै सहसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक) को परीक्षा र अन्तर्वार्ताका लागि पनि नयाँ कार्यतालिका जारी गरिएकाे छ।
 

प्रकाशित मिति: : 2020-06-02 19:52:53

प्रतिकृया दिनुहोस्