बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएसँगै डिस्चार्ज

बैतडीका पहिलो संक्रमित कोरोनामुक्त भएका छन्। शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक कोरोनामुक्त भएका हुन्।

कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका युवकमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए। 

मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

विगत १२ दिनदेखि  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ। 

प्रकाशित मिति: : 2020-06-03 14:52:50

प्रतिकृया दिनुहोस्