पश्चिम नवलपरासीका ८ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा बुधबार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे। 

काेराेना भाइरसकाे संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ वर्षीय युवक रहेका छन् भने पाल्हीन्दन गाउँपालिका वडा १ का २५ वर्षीय पुरुष, वडा २ का २१ वर्षीय, वडा ३ का ३४ वर्षीय, वडा ४ का २९ वर्षीय र वडा ६ का २०, २१ र ३४ वर्षीय पुरुषहरु रहेका छन्।

पाल्हीन्दन गाउँपालिकामा भेटिएका कोरोना पोजेटिभहरु मध्ये ३ जना वडा २ स्थित हरपुर क्वारेन्टाइनमा रहेका छन् भने ४ जना वडा ४ पाल्हीस्थित क्वारेन्टाइनमा रहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ। उनीहरु सबै भारतको विभिन्न शहरबाट आएका थिए।

योसँगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ। 
 

प्रकाशित मिति: : 2020-06-03 15:34:04

प्रतिकृया दिनुहोस्