केएमसी अस्पतालका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसअघि अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो।

बुधबार थप एक चिकित्सकमा संक्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गरेको जनाएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।

प्रकाशित मिति: : 2020-06-03 16:17:37

प्रतिकृया दिनुहोस्