शुक्रबार, २२ अगस्ट २०२५

केएमसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि, आकस्मिक लगायत सबै सेवा बन्द

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।

अस्पतालले बुधबार विज्ञप्ती जारी गर्दै २ बिरामीमा र २ स्वास्थ्यरकर्मीमा संक्रमण पुष्टि भएको जनाएको छ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो।
 

बुधबार, जेठ २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!