क्वारेन्टाइनमा बसेकाहरुबाट प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेकाहरुले आज हातपात गरेका छन् ।  गाउँपालिका ४ मा  बसेकाहरुले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात  हुन् । भारतबाट आएका करीब १००  जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् । 

 उचित खालको व्यवस्थापन नगरेको जनाउँदै  गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले  अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए ।  अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टाइनमा  एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी  बस्दै आएका छन् ।  केही दिन अगाडि  गाउँपालिका –३ कोे एक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले स्थानीय सरकारले  राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए । 

प्रकाशित मिति: : 2020-06-03 18:29:50

प्रतिकृया दिनुहोस्