पाकिस्तानमा काेराेना संक्रमितको संख्या साढे ८० हजार पुग्याे

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ । 

पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार ६८८ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् ।  पाकिस्तानमा बुधबार मात्र ६७ जना संक्रमितको ज्यान गएको छ । 

पाकिस्तानको सिन्ध, पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिर बढी प्रभावित क्षेत्रको रुपमा रहेका छन् ।     

सङ्क्रमितहरुमध्ये २८ हजार ९२३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४९ हजार ८५२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।     
 

प्रकाशित मिति: : 2020-06-03 22:27:59

प्रतिकृया दिनुहोस्