प्रधानमन्त्रीलाई लकडाउन खुकुलो बनाउन विज्ञहरुले दिए सुझाव

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन्। बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका हुन्। 

छलफलमा सहभागि जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे आवश्यक निर्णय लिने बताएका छन्। 

‘मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ उनले भने।

प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका झन्डै ३० जना विषयविज्ञहरूले आफ्नो सुझाव पेस गरेका थिए।  

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल गरेका हुन्।

छलफलमा अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जना सहभागि थिए।

प्रकाशित मिति: : 2020-06-03 22:42:41

प्रतिकृया दिनुहोस्