टोटनह्यामका एकजनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो पल्ट भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजिटिभ आएको क्लबले जनाएको छ।

पछिल्लो चरणमा गरिएको ११ सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो।

संक्रमण देखिएका व्यक्तिलाई सात दिने आइसोलेशनमा राखिएको छ। टोटनह्यामले आफ्नो वेबसाइटमा वक्तव्य जारी गरी गोपनीयताका कारण संक्रमित व्यक्तिको नाम भने सार्वजनिक नगरिने जनाएको छ।

प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो।

प्रिमियर लिगका खेलाडी तथा पदाधिकारीको हाल हप्ताको दुई पटक परीक्षण हुँदै आएको छ। लिगको खेलहरु जुन १७ देखि पुनः सुरु हुँदै छन्।

लिग सुचारुको मिति तय भएसँगै क्लबहरुले प्रशिक्षण थालिसकेका छन्।यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ। लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ। यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ।

प्रकाशित मिति: : 2020-06-04 06:20:18

प्रतिकृया दिनुहोस्