कस्तो रहला नेपालमा सलहको प्रकोप ? यस्तो छ विज्ञको जवाफ

लोकान्तर

काठमाडौँ

यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।

करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ ? कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ ? सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।

नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा. प्रेमबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ ।

अब छिट्टै शुरू हुन लागेको मनसुनले यसलाई रोक्ने आँकलन विज्ञहरूले गरेका छन् । 'मनसुन शुरू भयो अनि पानी प¥यो भने यो अगाडि बढ्दैन, भारतका महाराष्ट्र, राजस्थान, हरियाणा लगायतका सुक्खा क्षेत्रमा पानी परेको खण्डमा समूह एकत्रित हुन पाउँदैन,' उनले भने तर अर्को पुस्ता ब्युँतने खतरा बढी छ । त्यही रहँदाको अवस्थामा उसले अण्डा पार्छ । अहिले पारेको अण्डाबाट दुई हप्तापछि बच्चा निस्केर बयस्क भयो भने अझ ठूलो सङ्ख्यामा नेपाल आउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।

प्रकाशित मिति: : 2020-06-04 07:52:11

प्रतिकृया दिनुहोस्