लकडाउन खुकुलो पारेकाे पाकिस्तानले काेराेना संक्रमितकाे संख्यामा चीनलाई पनि उछिन्यो

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस संक्रमितको संख्याको मामिलामा चीनलाई पनि उछिन्ने पाकिस्तान अर्को देश बनेको छ।  

पाकिस्तानमा संक्रमितको संख्या ८५ हजार  २६४ पुगेको छ। हालसम्म १ हजार ७७० जनाले ज्यान गुमाइसकेका छन्।

यता चीनमा हालसम्म ८४ हजार १६० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३८ जनाले ज्यान गुमाइसकेका छन्।

पाकिस्तानमा संक्रमितको संख्या बढी रहे पनि मेको सुरुवातबाट लकडाउनलाई खुकुलो पारिएको थियो। यता, सरकारले कोरोनाभाइरसको परीक्षणलाई पनि तीव्र पारेको छ।

विश्वमा कोरोना संक्रमितको संख्या ६५ लाख ७३ हजार ५८६ रहेको छ। यस दौरान ३१ लाख ७० हजार ५३२ जना निको भएका छन् भने ३ लाख ८८ हजार ४१ जनाले ज्यान गुमाएका छन्।
 

प्रकाशित मिति: : 2020-06-04 13:50:24

प्रतिकृया दिनुहोस्