शुक्रबारदेखि विदेशबाट ल्याइएकालाई उपत्यकाका यी ठाँउमा राखिनेछ

कोरोनाका कारण विभिन्न देशमा अलपत्र परेका नागरिकलाई सरकारले शुक्रबारदेखि उद्धार गर्ने भएको छ।

त्यसरी उद्धार गरी स्वदेश ल्याइएका नागरिकलाई राख्न सरकारले छुट्टा छुट्टै होल्डीङ सेन्टरको ब्यवस्था गरेको छ। त्यसरी ल्याइएका नागरिकलाई भक्तपुर, ललितपुर र काठमाडौंमा बनाइएका होल्डीङ सेन्टरमा राखिनेछ।

उनीहरुलाई बिमानस्थलदेखि होल्डीङ सेन्टरसम्म ल्याउन नेपाली सेनाले नेतृत्व गर्नेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विमानस्थलबाट नेपाली सेनाको संयोजनमा साँझा यातायतमार्फत होल्डिङ सेन्टरसम्म पुर्‍याइनेछ।

प्रदेश अनुसार छुट्टाछुट्टै प्रदेश १ र २ का मानिसलाई भक्तपुर, बागमती, गण्डकी र प्रदेश ५ का मानिसलाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिनेछ।

दाहालका अनुसार प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरिएको छ।

त्यसैगरी वागमती, गण्डकी र प्रदेश नं ५ का नागरिकलाई धुम्बाराहीस्थित स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्टस्मा राखिनेछ।

यस्तै कर्णाली र सुदूरपश्चिमका नागरिकहरूलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिने भएको छ।

यो पनि हेर्नुहोस्-

विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

प्रकाशित मिति: : 2020-06-04 17:48:35

प्रतिकृया दिनुहोस्