विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

सीमामा थप कडाई, बाटोमा ढाट राख्नु कानुन बिपरित- प्रजिअ दाहाल

चीनको वुहानबाट सुरू भएर विश्वाव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले विगत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ।

पछिल्लो समय नेपालमा पनि तिब्र रूपमा बढेको कोरोना भाइरसको संक्रमण रोक्नु सरकारको प्रमुख चुनौती रहेको छ।

मंगलबार दिउँसोसम्म नेपालमा २ जनाको मृत्यु हुनुका साथै ३७५ जनामा कोरोना भाइरस संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

छिमेकी मुलुक भारतमा तिब्र रूपमा फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्न थालेको हो। नेपालका अधिकांश संक्रमित भारतबाट फर्किएकालाई देखाएको छ।

बाहिरबाट मुलुक फर्कनेहरूनै नेपालका लागि मुख्य चुनौती बनेका छन्। यसै सन्दर्भमा सरकारलाई छैठौं पटकसम्म लकडाउन थपेर जेठ २० गतेसम्म पुर्‍याएको छ।

यो कहिले टुंगिन्छ यसै भन्न सकिने अवस्था छैन। यसै सन्दर्भमा सरकारले भारतसहित तेस्रो मुलुकमा रहेका लाखौ नेपालीलाई स्वदेश फर्काउन पहल थालेको छ। उनीहरुलाई कसरी सुरक्षित राख्ने भन्ने अर्को चुनौती छ। यसै सन्दर्भमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सँग बिएल नेपाली सेवाका डिल्ली पाण्डेले कुराकानी गरेका छन्। अन्तर्वार्ताका सार संक्षेप प्रस्तुत छ।

लकडाउन बढेसँगै थपिएका चुनौतीहरू

गत चैत ११ गतेदेखि सुरू भएको लकडाउन छैठौं पटक थपिएको छ। र लकडाउनको अवधि अझै बढ्ने सम्भावना देखिएको छ।

लकडाउनको ब्यवस्थापन झन झन चुनौती बन्दै गएको छ। यसरलाई प्रभावकारी बनाउने पक्षमा सुरक्षा निकाय लागिपरेको छ। संक्रमणबाट जोगाउन लकडाउनलाई झनै कडा पार्ने भन्नेमा सरकार जुटेको छ।

लकडाउन जति जति लम्बियो त्यतीनै नयाँ नयाँ समस्याहरु पैदा हुनेरहेछ। अहिले त्यस्तै भएको छ। लकडाउन आफैंमा अफ्ठ्यारो हो।

हामीले यसलाई बुझ्नुपर्छ। सरकारले सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरेको छ। कोरोनाबाट बच्ने उपाय भनेकै ‘घरमै बस्ने हो’। र अत्यावश्यक काम पर्दा बाहिर निस्कनै परेमा सावधानी अपनाउने हो, यसमा जति आफू सचेत भयो त्यसैमा भलो हुन्छ। बाहिर निस्कनै परेमा पनि दुरी कायम गर्नुपर्छ।

काठमाडौं भित्रीने नाकामा कडाइ।

काठमाडौं भित्रिने प्रमुख ५ वटा नाकामा हामीले कडाईका साथ चेकजाँच थालेका छौं। अहिले बिरामी बोकेका एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक काममा हिँडेकाबाहेक अन्यलाई प्रवेश निषेध गरेका छौं।

काठमाडौं बाहिर जाँदा पनि यसैगरी चेक जाँच गरेका छौं। हो यति गर्दा गर्दै पनि काठमाडौंमा केही संकमणहरू देखिए। यो भोलिका दिनमा बढ्न सक्छ। हामी त्यसमा सचेत छौं।  यी ५ नाकाबाट अहिले दैनिक २ हजारको हाराहारीमा मानिसहरू आउने गरेका छन्। उनीहरुको रेकर्ड हामीले राख्ने गरेका छौं।

बिदेशबाट ल्याइएकालाई राख्ने ठाँउ बनाइँदै

कोरोना संक्रमण समिति (सीएमसी) छ। यो समितिले अहिले तिव्र गतिमा निकट भविश्यमा विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा पहल थालेको छ।

विश्वभरी रहेका लाखौं नेपालीहरू निकट भविश्यमा नेपाल आउनेछन् र ल्याउनुपर्छ पनि।

उनीहरूलाई सुरक्षित तवरले राख्ने क्यारेन्टाईन तथा होल्डीङ स्थानको जरूरी पर्छ। त्यसमा हामी जुटेका छौं। अहिले हामीले काठमाडौंका खाली स्थान, रंगशाला, पार्टी प्यालेस होटललगाएतका स्थानको निरीक्षण थालेका छौं। उपयुक्त ठहरिएको ठाँउमा भौतिक संरचना बनाएर बाहिरबाट ल्याएकालाई राख्नेछौं।

यसका लागि हामी सातै प्रदेशमा छुट्टाछुट्टै क्वारेन्टाईन बनाउने छौं। उनीहरुलाई बिमानस्थलबाट ल्याउँदासमेत हरेक प्रदेशका छुट्टा छुट्टै बस प्रयोग गर्ने र यहाँबाट बाहिर पठाउँदासमेत प्रदेश अनि घरसम्मै छुट्टै बसमा पठाउनेगरी तयारी थालेका छौं। त्यसो गर्दा भोलि रेकर्ड राख्न सकिने र ब्यवस्थापनमा सहज हुने भएकाले त्यस्तो तयारी थालेका हौं।

उनीहरूलाई नेपाल आउँदा सहज होस् भन्न विमानस्थल अध्यागमनमा समेत ७ वटा छुट्टै प्रदेशका अध्यागमन डेक्स बनाएर बाहिर ल्याउने तयारीमा गरेका छौं।

सवारी पास

सुरूमा लकडाउनका अवधिमा सडकमा सवारी चलाउन सिडिओ कार्यालयबाट पास जारी हुन्थ्यो। ५० दिनसम्म पनि सिडिओ कार्यालयले नै पास वितरण गर्‍यो।

पछिल्लो समयमा सरकारले उद्योग कलकारखाना खोल्ने निर्णय गर्‍यो। कुनै पनि उद्योग चलाउँदा उद्योगले आफ्नो प्राटोकल बनाउनु पर्‍यो। सम्वन्धीत क्षेत्रका निकायले के कति सवारीलाई पास गर्ने भन्ने विचार गर्नुपर्‍यो।

अहिले पास ब्यवस्थापनको केही रूप फेरिएको छ। मन्त्रालयको पास सम्वन्धीत मन्त्रालयले दिने, उद्योगको सञ्चालनमा आवश्यक पर्ने पास घरेलु उद्योगले दिने त्यसैगरी अन्य क्षेत्रको आवश्यक पास पनि सोही क्षेत्रका निकायले दिने सरकारको निर्णय छ।

अब पास दिँदा हामी विचार गर्नेछौ पहिले पनि त्यहीँ गरेका हौ। पास दिएका मान्छेको रेकर्ड राख्ने गरेकाछौं। मान्छे बोक्न हामीले दिएका छैनौ। अहिले एम्बुलेन्समा बिरामी काठमाडौं आउँदा पनि नाकामा चेक गरेर मात्र ल्याउने भन्ने विषयमा छलफल गर्दैछौं।

मान्छे मरेको भनेर पास माग्छन्, हामीले त्यस्तो बेला नदिने कुरा आएन। तर त्यही लगेर केही गलत प्रयोग गरेको भेटिएको छ। त्यस्तालाई हामीले कारवाही गर्दै आएका पनि छौं।

लकडाउनलाई गम्भीरता लिनुपर्‍यो। हामीले बाहिरको अवस्था हेर्नुपर्‍यो। सचेत रहौं, सकभर घर बाहिर ननिस्कौं। हामी घरमा बस्दा सुरक्षित छौं बाहिर निस्किएमा जुनसुकै बेला जोखिममा पर्न सक्छौ। यो कुरा मान्छेले बुझ्नुपर्‍यो। खानपानलाई परिर्वतन गर्नुपर्‍यो।

हिजोको दिन होइन अहिलेको अवस्थालाई बुझ्नुपर्‍यो। अत्यावश्यक काम पर्दा बाहेक बाहिर निस्कनुभएन। नागरिकले यसलाई आफ्नो लागि सम्झेर बस्नुपर्‍यो। हामी ननिस्क भन्ने अनि नागरिकले उल्लघन गर्ने काम गर्नुभएन। यो उनीहरूकै लागि हो। निस्किए पनि डिस्टेन मेन्टेन गर्नुपर्‍यो।

लकडाउन लम्बिँदा भोकमरी आउनसक्ने कुरालाई ध्यानमा राखेर सरकारले उद्योग विकास निमार्णका काम र कृषि क्षेत्रमा खुलाएको छ। यसको मतलव पुरै खुलेको होइन। उद्योग चलाउनेले विचार गर्नुपर्‍यो। मजदुरलाई बाहिर निकाल्न भएन। उनीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्‍यो। सरकारले बनाएको मापदण्डमा रहेर काम गर्नुपर्‍यो। सरकारले यसै निणर्य गरेको हुँदैन त्यसलाई उद्योगीले बुझिदिनुपर्‍यो।

बाटोमा ढाट राख्नु कानुन बिपरित

समाजमा कसैलाई कोरोना देखिए समाजमा कंलकका रूपमा बुझ्ने गरेको छ। त्यो सरासर गलत हो। त्यस्ता मान्छेलाई छिमेकमा पस्नै नदिने, जानै नदिने, बाटो छेक्ने यो एकदमै नराम्रो काम हो। नराम्रो सोचाई हो।

मान्छेको मोबिलीटी कम गर्ने भन्ने ठिकै हो। तर बाटोमा ढाट राखेर बाटो बन्द गर्ने चलन सरासर लगत हो। यसलाई हामीले गम्भीरता लिएका छौं त्यस्तो गर्ने स्थानका स्थानीय जनप्रतिनिधिलाई हामीले कानुन हातमा लिएर यस्तो गर्नु गलत हो भन्दै सचेतसमेत गराएका छौं।

स्थानीय प्रशासन छ, प्रहरी छ, सुरक्षा निकायलाई खबर नगरी त्यस्तो गरेको खण्डमा भोलि द्वन्द्व  हुन्छ, त्यसो नगर्नू भनेका छौं। बाटो बन्द गरेको छ, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको छ, स्वास्थ्यकर्मी अहिले भगवान हुन् हामीले त्यसलाई बुझ्नुपर्छ।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: May 29, 2020 19:21:32

प्रतिक्रिया दिनुहोस

सबै