मुख्यमन्त्री पोखरेल भन्छन्- 'आफूखुशी बजार खोल्दा सङ्क्रमण फैलिन सक्छ'

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा  कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्नेसमेत प्रश्न गरेका छन्। 

'क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन। आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ' उनले भने। 

बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख मुख्यमन्त्री पोखरेलले भने, 'सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ।' 

प्रकाशित मिति: : 2020-06-04 18:54:11

प्रतिकृया दिनुहोस्