प्रदेश १ मा थप ३० जनाले जिते कोरोना

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश १ बाट थप बिहीबार ३० जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् । 

विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत् २७ र  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन्। रिपोर्ट नेगेटिभ आएपछि उनीहरु बिहीबार  डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेहरुमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक जना छन्। उनीहरु मध्ये ६ महिला र २२ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना  छन्। हाल प्रदेश १ मा १२३ जना कोभिड–१९ पुष्टि भएकाहरुको उपचारर भइरहेको छ।      

प्रकाशित मिति: : 2020-06-04 20:22:19

प्रतिकृया दिनुहोस्