सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुग्याे, थप ५ जना थपिए

बिएल संवाददाता

काठमाडाै‌ं

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेबगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ ।

प्रकाशित मिति: : 2020-06-04 20:56:02

प्रतिकृया दिनुहोस्