कर्णालीका ८ संक्रमित निको भएर घर फर्कदै

कर्णाली प्रदेशमा आठ जना कोरोना संक्रमित निको भएर घर फर्कन लागेका छन्। प्रदेशका कोरोना संक्रमितमध्ये १२ जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ। 

जसमध्य ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहेको हाे। रिपोर्ट नेगेटिभ आएका ४ बालबालिका आमासँगै भएकाले डिस्चार्ज नगरिने अस्पतालका कोरोना रोग फोकल पर्सन डा. केएन पौडेलले बताए।

उनका अनुसार १ जना दैलेखका र अरु ७ जना सुर्खेतकालाई डिस्चार्जको तयारी भइरहेको छ।

कर्णाली प्रदेश अस्पतालमा हाल ६७ जना कोरोना संक्रमित उपचाररत् छन्। शुक्रबारसम्म कर्णालीमा ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-06-05 17:09:29

प्रतिकृया दिनुहोस्