किसानलाई रु १० लाखको कृषि सामग्री वितरण

बिएल संवाददाता

  काठमाडौँ 

चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई रु १० लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ।

काठमाडौँ उपत्यकाको प्रमुख द्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी रहेको बेलामा किसानलाई धान र तरकारीको बीउ वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद न्यौपानेले जानकारी दिए। 

चन्द्रागिरिभित्र कृषि क्षेत्रको विकासका लागि किसानलाई धान र तरकारीको बीउवितरण गरेको बताउदैं उनले भने, 'धानको बीउ ५० प्रतिशत अनुदान र तरकारीको बीउ निःशुल्क वितरण गरेका छौँ। टाइचिन र खुमलटार मन्सुली धान तथा रामतोरिया, मेथी, चम्सुर, सुप, मुला, रायोको साग, धनियाँलगायतका तरकारी बीउ वितरण गरिएको हो।'

 रु चार लाख ९९ हजार मूल्य बराबरको तरकारीको बीउ निःशुल्क वितरण गर्नुका साथै रु पाँच लाखभन्दा बढी मूल्यबराबरको धानको बीउ उपलब्ध गराएको उनको भनाइ छ। 

बन्दाबन्दीको समयमा नगरपालिकाले बीउ खरिद गरेर किसानसम्म पु¥याउँदै आएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए। 

'प्रत्येक वडामा ८० किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ। यसअघि नगरपालिकाले किसानका लागि हाते ट्र्याक्टर, कृषि औजारसमेत वितरण गरिसकेको छ' उनले भने। 
 

प्रकाशित मिति: : 2020-06-05 17:38:21

प्रतिकृया दिनुहोस्