दैलेखमा कोरोना संक्रमित बढ्दै, प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यू जारी

कोरोना भाइरसको संक्रमण बढेसँगै दैलेखमा निषेधाज्ञा जारी गरिएको छ। दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ पुगेपछि जिल्ला सुरक्षा समितिलेआज साँझ ६ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो। कर्फ्यू कहिलेसम्म भन्ने खुलाइएको छैन। 

जिल्ला प्रशासन कार्यालयका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ, भिरतेत, उत्तरमा छात्रा र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुङ्गेश्वर, चुप्रा, शिरस्थान, पश्चिममा पादुकाखोला, कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरमा लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

तर अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ्ग, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेकका अन्य सबै सेवारस्थलहरुमा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी प्रतिकुल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुनरगर्न नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा गरेको हो। 

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ। 

कहाँ-कहाँ थपिए?

दैलेखमा शुक्रबार थप ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३०९ पुगेको छ।

नयाँ थपिनेमा महाबु गाउँपालिकामा ६४ जना र दुल्लू नगरपालिकाका २७ जना हुन्। महाबु गाउँपालिका ३ महिला सहित ६१ पुरुषमा कारोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको वडा नं २ मा २ महिला ४० जना पुरुषमा संक्रमण देखिएको छ।

त्यसैगरि दुल्लू नगरपालिकामा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ पोजिटेभ देखिएका सबै पुरुष हुन्। दुल्लू १ मा ६ जना, २ मा ५ जना, वडा ३ मा ३ जना, वडा ४ मा ३ जना,वडा ५ मा १ जना, वडा ६ मा ४ जना, वडा ७ मा १ जना,वडा ८ मा १ जना,वडा ९ मा १ जना, वडा १० मा १ वडा १२ मा १ जना गरि २७ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिए। 

बिहिबार दैलेखका ११३ जनामध्ये १०८ जना जिल्ला सदरमुकाम रहेको दैलेखको नारायण नगरपालिकामा कोरोना पुष्टि भएको थियो।

दैलेखमा कोरोनाकै कारण एकजना मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-05 17:45:37

प्रतिकृया दिनुहोस्