बाजुराकाे क्वारेन्टाइनमा एक वृद्धको मृत्यु

बाजुरामा क्वारेन्टाइनमा एक वृद्धको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिकाका प्रमुख नरबहादुर रावतले जानकारी दिए।

उनका अनुसार मृतक भारतबाट आएर जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए। ती वृद्ध दमका बिरामी थिए।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको गाउँपालिकाका प्रमुख रातवले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-06 11:51:03

प्रतिकृया दिनुहोस्