इन्डोनेसियामा कोरोनाबाट एकै दिन ३१ जनाको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको छ।

याे एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु हाे ।

याेसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय एक पुगेको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयलेजनाएकाे छ । त्यस्तै, इन्डोनेसियामा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इन्डोनेसियामा ९९३ नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति: : 2020-06-06 19:16:12

प्रतिकृया दिनुहोस्