काठमाडौंकाे प्रहरी अस्पतालमै भेटिए तीन काेराेना संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं जिल्लाका भेटिएका चार जना कोरोना भाइरस संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता निरज शाहीका अनुसार उनीहरूमध्ये दुई जना प्रहरी हुन्।

‘एक जना अस्पतालको ल्याबमा काम गर्ने हुन् भने अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी हुन्,’उनले बिएल नेपाली सेवासँग भने।

उनका अनुसार अर्का संक्रमित पूर्वप्रहरीकी पत्नी हुन्।

उनी नेपाल प्रहरी अस्पतालमा नै उपचाररत् रहेको प्रवक्ता शाहीले बताए।  

दुई जनालाई कोभिड–१९ युनिफाइड अस्पताल,बलम्बु लैजाने तयारी भइरहेको उनले जानकारी दिए। एकजनाई भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेकाे छ।

प्रकाशित मिति: : 2020-06-06 21:21:57

प्रतिकृया दिनुहोस्