दाङको अस्पतालबाट १० संक्रमित डिस्चार्ज

दाङको कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा उपचाररत  १० जना संक्रमित डिस्चार्ज भएका छन्।

बाँकेका ५, कपिलवस्तुका दुई, दाङका दु र बर्दियाका एक जना कोरोनालाई जित्दै घर फर्किएको मेडिकल सुपरिटेण्डेन्ट डा‍. सर्वेश शर्माले बताए।

डा. शर्माका अनुसार बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। अरुलाई भने लक्षण नै नदेखिएपछि डिस्चार्ज गरिएको हो।

‘पाँच जनालाई अस्पतालमा राखेको २२ दिनसम्म पनि कोरोनाको कुनै लक्षण देखिएन,’ उनले भने,‘ त्यसपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरेका हौं।’

बेलझुण्डी अस्पतालमा अब ४५ जना कोरोना संक्रमित उपचाररत रहेको डा. शर्माले बताए।

प्रकाशित मिति: : 2020-06-07 12:21:34

प्रतिकृया दिनुहोस्